पौडेल वङ्शोद्वार झापाको अध्यक्षमा कमल, सचिवमा मुक्ति
मेचीनगर । पौडेल वङ्शोद्वार जिल्ला समिति झापाको अधिवेशन तथा जिल्ला भेला शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ । अधिवेशनले बिर्तामोडका कमलप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहनप्रसाद पौडेल, दमककी पार्वता खतिवडा पौडेल, सचिवमा मेचीनगरका मुक्ति पौडेल, सहसचिवमा बिर्तामोडका पारस पौडेल र अर्जुनधाराका रुद्रप्रसाद पौडेल रहेका छ्न ।
सदस्यहरुमा दमकका शेखर पौडेल, कचनकवलका विष्णुप्रसाद पौडेल, विनय पौडेल, नेत्रप्रसाद पौडेल, पर्वतबन्धु पौडेल, यदुनाथ पौडेल, रोमनाथ पौडेल, श्यामकुमार पौडेल, पुण्यप्रसाद पौडेल, युवराज पौडेल, विष्णुप्रसाद पौडेल रहेका छ्न । पौडेल वंश महासंघ केन्द्रीय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्य र आयोजक समिति अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको अधिवेशनमा पूर्व न्यायाधिश भद्रपुरका ९२ वर्षिय नन्दप्रसाद पौडेललाई अभिनन्दन गरिएको थियो । कार्यक्रम व्यवस्थापन पौडेल वङ्शोद्वार समिति मेचीनगर-६ ले गरेको थियो भने युवा नेता कृष्ण पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
जिल्ला अधिवेशनमा झापाका १५ वटै पालिकाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव मुक्ति पौडेलले गरेका थिए भने कार्यक्रममा पौडेल वंशोद्वार समिति झापाका अध्यक्ष नेत्रप्रसाद पौडेल, केन्द्रीय सदस्य रामकुमारी पौडेल लगायतले बोलेका थिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

