मजदुरहरुसँग मनाए थापाले जन्मदिन
काँकरभिट्टा । सञ्चार उद्यमी तथा सामाजिक व्यक्तित्व बालकृष्ण थापाले श्रमिक वर्गलाई सम्मान गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । धनभन्दा मन ठूलो भएका थापा आइतबारदेखि ४६ वर्षमा प्रवेश गरेका छन् ।
समाजमा रहेका दिनदुःखीलाई केही न केही सहयोग गर्दै आएका थापाले आइतवार मेची भन्सार कार्यालय परिसरमा कार्यरत ढुवानी मजदुरलाई नगदसहित सम्मान गरेका हुन् । भन्सार परिसरमा कार्यरत ४० बढी श्रमिकलाई जनही १ हजारसहित खादा ओढाएर सम्मान गरिएको थियो ।
भन्सार एजेन्टसमेत रहेका थापा मजदुरका साथी पनि हुन् । विगतदेखि नै तिनै श्रमिकहरुसँग सहकार्य गरेर अघि बढिरहेको थापाले बताए । उनले मजदुरलाई सम्मान गर्न सकियो भने मात्रै वास्तविक सम्मान ठहरिने बताए ।
आइतवार छड्के अनुसन्धान साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा श्रमिकलाई सम्मानसँगै खाजा खुवाइएको थियो । कार्यक्रममा ढुवानी मजदुर टंक भारतीले मजदुरलाई बोलाएर सम्मान गरेकोमा बालकृष्ण थापाप्रति धन्यवाद व्यक्त गरे ।
छड्के अनुसन्धान साप्ताहिकका सम्पादक खगेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय संयोजक डिल्लीराम घिमिरेले बालकृष्ण थापाजस्ता सामाजिक व्यक्तित्व समाजका लागि खाँचो रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष राजु पोखरेल, जन–संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी झापाका इन्चार्ज मोहन काजी न्यौपाने, प्रेस क्लब मेचीनगर पूर्व अध्यक्ष ज्ञानेन्द्र घिमिरे, समाजवादी प्रेस संगठनका प्रदेश सदस्य किशोर उपरकोटी, जिल्ला उपाध्यक्ष दिलीप थापा, पत्रकार डम्बर बराल, युवराज आचार्य, प्रविन अधिकारी, सुमित भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश पौडेलले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
