प्रेस चौतारीको पत्रकार उपचार कोषको संयोजकमा आचार्य
झापा । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषको संयोजकमा सन्तोष आचार्य चयन भएका छन् ।
शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले आचार्यलाई संयोजकमा चयन गरेको हो ।
वैठकले संयोजकमा आचार्य, सदस्यहरुमा पूर्व अध्यक्ष गोपाल काफ्ले र टिकाराम उप्रेती, जिल्ला अध्यक्ष मनकुमार गदाल र सदस्य सचिवमा प्रकाश पौडेललाई चयन गरेको छ ।
यसअघि उपचार कोषको संयोजकमा धमेन्द्र मामा र गोपाल काफ्ले रहेका थिए ।
झापाका पत्रकारहरु विरामी पर्दा कोषको रकमबाट उपचार गरिदै आएको छ । हाल उपचार कोषमा ३ लाख रुपैयाँ छ । यसलाई १५ लाख पुर्याउने लक्ष्य रहेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


