नैनाखाल बचत समूहको सभा
धुलाबारी । मेचीनगर–९ थोप्लेविरानमा सञ्चालित नैनाखाल बचत समूहको १२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
बचत समूहका अध्यक्ष रुद्रप्रसाद फुयलको अध्यक्षतामा सम्पन्न सभाले ऋण लगानी बढाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । यस्तै, शेयर सदस्यलाई अध्ययन भ्रमण गराउने निर्णय पनि गरेको छ ।
साधारण सभामा समूहका सल्लाहकार समितिका संयोजक हरि चापागाईं, जेष्ठ नागरिक तथा सल्लाहकार जयप्रसाद बाँस्तोला, समूहका कोषाध्यक्ष विष्णुकान्त बाँस्तोला, जन–संसद् दैनिकका सम्पादक झुलन रेग्मी, अग्निप्रसाद दनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी उपाध्यक्ष जया रोक्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव खेमकुमारी कार्कीले गरेकी थिइन् । समूहको वार्षिक आयव्यय विवरण सचिव एकराज नेपालले प्रस्तुत गरेका थिए ।
१२ वर्ष अघि स्थापना भएको उक्त बचत समूहमा ४२ जना बढी सदस्य आबद्ध छन् । मासिक रुपमा प्रतिसदस्य २ सय रुपैयाँ बचत गरिँदै आएको छ । ‘गाउँमा बचत गाउँमै लगानी’को अवधारणा अनुसार उक्त समूह सञ्चालित छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
