चारआली जेसीजकाे पद-हस्तान्तरण सम्पन्न
चारआली । जेसीआई सिनेटर लालमणी भण्डारीले हरेक युवाहरुलाई सक्षम र सवल बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । मंगलवार चारआली जेसीजको ८ औँ पद हस्तान्रणलाई उद्घाटन गर्दै अध्यक्ष भण्डारीले २०२२ मा जेसीजमा आबद्ध युवाहरुलाई व्यवसायिक बनाउदै आन्त्मानिर्भरका साथ सक्षम र सबल बनाउने अभियान सञ्चालन गरिने बताएका हुन् ।

‘हामी युवा केन्द्रित व्यवसायमा प्रमोशन हुन कार्यक्रम गर्नेछौँ अध्यक्ष भण्डारीले भने –‘जे जेसीज अभियानमा आउँछ उसले कुनै न कुनै व्यवसायलाई आत्मासाथ गर्दै आफुँसँगै परिवारका लागि काम गर्न सक्ने होस भन्ने हो ।’ अध्यक्ष भण्डारीले जेसीजमा लागेर जेसीज आस्थालाई आत्मासाथ गर्न सकेन भने उसले उपलब्धी वगर्न नसक्ने बताए । तपाई जेसीजका हरेक आस्थालाई हेर्नुहोस – उनले भने यदि तपाईले यसलाई पालना गर्न सक्नु भएन भने यसको कुनै अर्थ हुनेछैन । यसैले आस्थालाई आत्मासाथ गरेर अघि बढ्नुहोस । अध्यक्ष भण्डारीले २०२२ को सुरुवात देखि तालिमहरु सञ्चालन हुने भएकाले सहभागिताका लागि सबैलाई आग्रह गरे ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष भण्डारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा मातृ शाखा धुलावी जेसीजका अध्यक्ष राजीव प्रसाईं, नेपाल जेसिजका क्षेत्र ‘क’ का निरुपति राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, राष्ट्रिय महासचिव कृष्ण सापकोटा, राष्टिय अध्यक्षका मुख्य प्रेस सल्लाहकार हरिष भट्टा, लगायतले आ–आफना धारणा राखेका थिए ।

उक्त अवसरमा वर्ष २०२२ को लागि विरबहादुर बेघाको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बेघाले महासचिवमा सुजुप सुवेदी, कोषाध्यक्षमा कुमार तामाङ, कानुनी सल्लाहकारमा संगित शिवाकोटी, जनसम्पर्क अधिकारीमा सञ्जय निरौला, सह–कोषाध्यक्षमा सन्देश न्यौपाने, सचिवमा शिक्षा घिमिरे र तालिम निर्देशकमा भुपेन्द्र प्याकुरेललाई मनोनित गरेका छन् ।

सो अवसरमा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले आफना हजुरबुबा तिर्थराज पकुवालको सम्झनामा स्थापित अक्षय कोषबाट बाल सुबोधनी माध्यमिक विद्यालय ढुहागढीका प्रधानाध्यापक विश्व थापालाई नगदसहित सम्मानित गरिएको थियो ।
कार्यक्रम संयोजक सुजुप सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन २०२१ का महासचिव विरबहादुर बेघाले गरेका थिए ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
