पत्रकार महासंघ झापाको पहिलो तला थपिदै
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले बिर्तामोड स्थित कार्यालय भवनको माथ्लो तला थप्ने भएको छ ।
शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभराम्भ गरेका हुन् ।
भवन निर्माण शुभराम्भ गर्दै पूर्व मन्त्री कार्कीले निस्पक्ष पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहेन प्रतिवद्धता जनाए ।
महासंघ प्रदेश नं. १ अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगरको तर्फबाट पनि भवन निर्माणमा सहयोग रहने विश्वास दिलाए ।
महासंघ झापाको कार्यालय भवन स्तरोन्नतीका लागि प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासंचिब विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध संघ/संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थति रहेको थियो ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...