मेचीनगरमा माओवादीले छान्यो वडा नेता
मेचीनगर । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । मेचीनगरमा पनि वडा अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ ।
मेचीनगरका पाँचवटा वडामा शनिवार एकसाथ अधिवेशन सम्पन्न गरिएको छ । जस अनुसार वडा नं। ७, १०, ११, १२ र १५ मा अधिवेशन गरिएको हो । बाँकी वडाको पनि छिट्टै अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।
नेकपा माओवादी केन्द्र मेचीनगरका अनुसार वडा नं। १० को अध्यक्षमा सरोज शिवाकोटी, उपाध्यक्षमा खड्ग निरौला, सचिवमा शिवशंकर साह, सहसचिवमा रमा सेलवाल र कोषाध्यक्षमा ज्ञानु गोले चयन भएका छन् । वडा कमिटी २९ सदस्यीय रहेको छ ।

यता, वडा नं. ७ को अध्यक्षमा रामप्रसाद खतिवडा, ११ को अध्यक्षमा रामकुमार रिजाल, १२ को अध्यक्षमा पदम सुनुवार र १५ को अध्यक्षमा जीवन सापकोटा चयन भएका छन् ।
मेचीनगरका वडामा भएको अधिवेशनमा पार्टीका नगर संयोजक पुष्प गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका नेताहरु माधव अर्याल, वाइसीयलका मेचीनगर संयोजक विनोद मण्डल, अखिल नेपाल टे«ड युनियन महासंघ मेचीनगरका अध्यक्ष हरि निरौला, प्रेस सेन्टर झापा सदस्य दिलीप थापा लगायतको आतिथ्यता रहेको थियो ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
