चुडामणिको ‘माया लाउँ कि नलाउँ भो’ आज ४ बजे सार्वजनिक हुदै

युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो आज साँझ ४ बजे गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ। प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिनेछ । गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिनेछ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय देख्न सकिनेछ । भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन् । भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।
गीतकार पौडेलले तिहारको शुभकामना सहित यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण संगीतप्रेमीलाई अग्रिम रुपमा आग्रह गरेका छन्।

धुलाबारी । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको मेचीनगर–१०...

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...