सरस्वती टोल बिकास सस्थाको साधारणसभा सम्पन्न
इटाभट्टा । सरस्वती टोल बिकास सस्था मेचीनगर–७, इटाभट्टाको ५ औं साभारणसभा सम्पन्न भएको छ । शनिवार सरस्वती आधारभूत बिद्यालयमा सस्थाको ५ औं साधारणसभा सम्पन्न भएको हो ।
मेचीनगर वडा नम्वर ७ का वडा अध्यक्ष नेत्र दाहालको प्रमुख आथित्यमा तथा सस्थाको अध्यक्ष अमर परियारको सभापतित्वमा साधारणसभा समन्न भएको थियो ।
सस्थाका अध्यक्ष परियारले हालसम्मको गतिविधि र अवको योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थाका लेखा समिति संयोजक चन्द्रकान्त कर्णले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा सस्थाले विभिन्न व्याक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा लेखा समिति संयोजक कर्ण, बमवहादुर थापा, प्रकाश दाहाल सुशिला राजवंशी कल्पना पौडेल मीना कार्की कमला भुजेल सचित राउतलगायत रहेका छन् । सस्थाकी सचिव उषा निरौला खतिबडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य माधव राउतले गरेका थिए ।
स्वच्छ वातावरण सामाजिक एकता, सार्वजनिक सरोकार आजको आवश्यक्ता भन्ने नाराका साथ २०६५ मा स्थापना सो टोल बिकास सस्थामा ४० घर धुरी रहेका छन् । सो टोलको जनसङख्या ३ सय हाराहारीमा रहेका अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

