सरस्वती टोल बिकास सस्थाको साधारणसभा सम्पन्न
इटाभट्टा । सरस्वती टोल बिकास सस्था मेचीनगर–७, इटाभट्टाको ५ औं साभारणसभा सम्पन्न भएको छ । शनिवार सरस्वती आधारभूत बिद्यालयमा सस्थाको ५ औं साधारणसभा सम्पन्न भएको हो ।
मेचीनगर वडा नम्वर ७ का वडा अध्यक्ष नेत्र दाहालको प्रमुख आथित्यमा तथा सस्थाको अध्यक्ष अमर परियारको सभापतित्वमा साधारणसभा समन्न भएको थियो ।
सस्थाका अध्यक्ष परियारले हालसम्मको गतिविधि र अवको योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थाका लेखा समिति संयोजक चन्द्रकान्त कर्णले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा सस्थाले विभिन्न व्याक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा लेखा समिति संयोजक कर्ण, बमवहादुर थापा, प्रकाश दाहाल सुशिला राजवंशी कल्पना पौडेल मीना कार्की कमला भुजेल सचित राउतलगायत रहेका छन् । सस्थाकी सचिव उषा निरौला खतिबडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य माधव राउतले गरेका थिए ।
स्वच्छ वातावरण सामाजिक एकता, सार्वजनिक सरोकार आजको आवश्यक्ता भन्ने नाराका साथ २०६५ मा स्थापना सो टोल बिकास सस्थामा ४० घर धुरी रहेका छन् । सो टोलको जनसङख्या ३ सय हाराहारीमा रहेका अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
