प्रोफेसनल एजुकेसनल सेन्टरको कार्यालय बिर्तामोड र काँकरभिट्टामा पनि

बिर्ताकोड । विदेशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको बिर्तामोडमा प्रोफेसनल एजुकेसनल सेन्टरले सेवा सुरु गरेको छ । सेन्टरका काठमाण्डौं प्रमुख राजुसिंह श्रेष्ठले एक कार्यक्रमका बिच विर्तामोडमा प्रदेश स्तरीय र काँकरभिट्टामा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
नेपालमा २८ वर्षदेखि वैदेशिक शिक्षा परामर्श केन्द्रको रुपमा स्थापित सेन्टरले अध्यायनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिइदै आएको छ ।
नेपालबाट विभिन्न विषयमा विदेशमा अध्यायन गर्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श भिजा प्रक्रियामा सहयोग गरिने सञ्चालक तथा प्रबन्ध निर्देशक नवराज प्रधानले बताए । विदेश जाने विद्यार्थीहरुलाई आयल्स कोर्स गराउने र अष्ट्रेलिया, अमेरिका, युके, क्यानाडा, थाइल्याण्ड, दुवई, भारत लगायतका देशहरुमा पठाउने कार्य गर्ने सञ्चालक प्रधानले बताए ।

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...