एमाले मेचीनगर ८ को तीज मिलन कार्यक्रम
इटाभट्टा । नेकपा एमाले मेचीनगर– ८ नम्बर वडा कमिटीले शनिवार नेपाली नारीहरुको महान् पर्व तीजको सन्दर्भ पारेर तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
किराँत याक्थुङ चुम्लुङ भवनमा आयोजित सो कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले गरेका थिए ।
सो पार्टीका झापा इञ्चार्ज समेत रहेका उनले नेकपा एमाले विषम परिस्थितिको सामना गर्दै अघि बढिरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेता कोइरालाले पार्टीभित्र उत्पन्न अनेकन आन्तरिक विवाद र तीव्र अन्तरविरोधहरु सडकसम्म आइपुगेको बताए ।
‘यति हुँदा समेत कसैले पनि नेकपा एमालेको मूलधार छाडेका छैनन्’ उनले भने–‘नेकपा एमालेका सबै नेता र कार्यकर्ता पार्टीको मूल प्रवाहमा समाहित भएका छन् ।’
सो अवसरमा बाग्मती प्रदेशका निवर्तमान प्रमुख विष्णु प्रसाई, प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु डिल्लीराम घिमिरे, टीकाराम मंग्रान्ती, लालबहादुर धामी, मेचीनगर इञ्चार्ज देवकुमार राई, मेचीनगर अध्यक्ष राजु पोखरेल, उपाध्यक्ष विकेन्द्र धिमाल, युवा नेता बालकृष्ण थापालगायतले बोलेका थिए ।

सो कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं मेचीनगर नगरपालिकाका उपप्रमुख मीना प्रेतीले ९४ वर्षीया रत्नमाया ढुङ्गाना, ८९ वर्षीया खुशीलाल राजवंशी र ८९ वर्षीया रेणुका गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
आयोजक कमिटीका अध्यक्ष विष्णु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विभिन्न जनवादी गीतमा नृत्य गर्दै दर खाएका थिए ।
एमाले नेता कुन्दन निरौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत केन्द्रकुमारी उप्रेतीले गरेकी थिइन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
