युवाहरुको क्षमता र सिर्जनशीलतालाई देश विकासमा प्रयोग गर्न आग्रह
बिर्तामोड । झापाको बिर्तामोडमा आज मङ्लबार प्रकृति फाउण्डेसनले आयोजनामा गरेको युवाहरुका लागि अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रमका सहभागिहरुले राष्ट्र निर्माणमा दक्ष तथा क्षमतावान युवाको आवश्यक भएको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बसन्त बांनियाले लोकतन्त्रलाई बलियो बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै उनले युवाहरुमा संभावनाको खोजी गर्दै नेतृत्वबाट परिवर्तनको आभास गराउन सकिन बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै देशको कुल जनसंख्याको करिब ५५ प्रतिशत भन्दा बढि हिस्सा ओगटेका २५ वर्ष मुनिका युवाहरु देशको मेरुदण्डमात्र नभई देश विकास सहित हरेक क्षेत्रका साझेदार समेत रहेको धारणा राखेका थिए ।

उनले युवाहरुले उर्जा शक्ति र शिर्जनशीलतालाई देश बिकासमा खर्चन नसकेको बताए । पोखरेलद्धारा प्रस्तुत गरिएको कार्यपत्रमा बिदेशमा पनि करिब ६० लाख जनशक्ति युवा रहेको र दैनिक औसतमा १५ सय युवा बिदेशिने गरेको उल्लेख गरिएको छ । देशको आर्थिक बिकासमा बिदेशिने युवाको उल्लेख्य भुमिका भएपनि तिनै युवालाई अवसर, निर्णय प्रकृया, सहभागिता, नेतृत्व आदि क्षेत्रबाट टाढा राखिएको र युवाहरु पनि त्यस्ता कार्यमा अग्रसर नभएको पोखरेलद्धारा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख गरिएको छ ।
अहिलेको समय प्रविधिको युग भएता पनि युवाहरुले त्यसलाई सदुपयोग गर्न नसकेको बताउंदै पोखरेलले युवाहरुले सामाजिक सञ्चाल तथा इन्टरनेटको माध्यलाई सहि सदुपयोग गर्न नसकेको बताए । कार्यक्रममा हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिब अर्जुन मैनाली, राष्ट्रिय समाचार समिति सदस्य माधव बिद्रोही, युवा नेता शिव ढुङ्गेल , फाउण्डेसनका संस्थापक अध्यक्ष टिकाराम मङ्ग्रान्ती लगायतले राज्यले युवाहरुको क्षमतालाई उत्पादनसँग जोड्न र नेतृत्व तहसम्म पूर्याउन आवश्यक रहेको कुरा औंल्याएका थिए । फाउण्डेसनका अध्यक्ष मनोज ताम्लिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
