झापाको मेचीनगरस्थित पालिया खोलामा डुबेको अवस्थामा एक वृद्धको शव भेटियो

मेचीनगर । मेचीनगर – ७ सतिघट्टामा खोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ । वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब ५ सय मिटर उत्तर स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनामा रहेको गाई सार्न भनि घरबाट निस्किएका थिए । अपराह्न्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा उनका छोरा तथा छर छिमेकीले उनलाई सतिघट्टास्थित माइती नेपाल पश्चिम पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा भेटिएपछि छर छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शवको पोष्ट मार्टम्का लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले पोष्ट मार्टम्को रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउँन सकिने जानकारी दिए । मृतक खनालका श्रीमती, एक छोेरा र एक छोरी छन् ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...