झापाको मेचीनगरस्थित पालिया खोलामा डुबेको अवस्थामा एक वृद्धको शव भेटियो
मेचीनगर । मेचीनगर – ७ सतिघट्टामा खोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ । वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब ५ सय मिटर उत्तर स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनामा रहेको गाई सार्न भनि घरबाट निस्किएका थिए । अपराह्न्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा उनका छोरा तथा छर छिमेकीले उनलाई सतिघट्टास्थित माइती नेपाल पश्चिम पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा भेटिएपछि छर छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शवको पोष्ट मार्टम्का लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले पोष्ट मार्टम्को रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउँन सकिने जानकारी दिए । मृतक खनालका श्रीमती, एक छोेरा र एक छोरी छन् ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
