भुइँमान्छेको आवाज बनोस् खबरमञ्च
सर्वप्रथम त प्रिय मित्र प्रकाश पौडेलद्वारा प्रकाशन तथा सम्पादन भइरहेको खबर मञ्च साप्ताहिकले आगामी दिनका लागि थप उर्जा र सत्य तथ्य समाचार प्रकाशन तथा पाठकको मन जित्न सफल होस् शुभकामना ।
मिडिया आफैमा पाठक, दर्शक अनि स्रोताको आवाज दिने स्थान हो । लुकेका कुरा देखाउने, जनताको पीडा समस्या, सफलताका कुराहरु बाहिर ल्याउन मिडियाको अहम् भूमिका रहन्छ । खबर मञ्च नाम आफैँमा काफी छ । पाठकले रुचाएको यस मिडियाको बार्षिक उत्सव सँगै अझ आगमी बर्षमा नयाँ सोच र रफतार अगाडि बढोस् शुभकामना ।

पत्रकारिताको यात्रामा प्रकाश पौडेल र म केही बर्षसँगै एउटै मिडिया चलाउने अवसर पाएका थियौँ । स्वाधीन सम्वाद साप्ताहिक प्रकाशन सँगै हामीले समाजमा रहेका विभिन्न घटनाहरुको चिरफार समेत गरेका थियौँ । सत्य समाचार प्रकाशन गर्न हामी झुक्नु परेन, त्यसैको सफलता स्वरुप आज उहाँले आफ्नै मिडिया हाउस सञ्चालन गरिरहनु भएको छ । साच्चै यो समाजमा हामीले राजधानीका समाचारलाई हाम्रो प्रथम पृष्ठमा प्रकाशन गरेर भन्दा पनि समाजका विभिन्न विषय र भुइँमान्छेका आवाज बन्न सक्नुपर्छ हाम्रो पत्रकारिता । जो आज पनि न्याय खोजिरहेका छन्, आफ्ना आवाज उठाउने ठाउँ खोजिरहेका छन् । तर, हामीले सकिरहेका छैनौँ ।

यही समाज जहाँ, अरुलाई दास बनाएर आफ्नो हैकम चलाइरहेका छन् । अनि जहाँजहाँ हरेक विकास निर्माणदेखि जुनै स्थानमा पनि एकलौटी हैकम जनाइरहेका छन् । जो विकास निर्माणको बहानामा लाखौँ रुपैयाँ लुटको धन्दा चलाउने गरेका छन् । सरकारी कार्यालय भित्रको बेथिति अझै उस्तै छ । सेवा लिन गएका सेवाग्राहीले घण्टौँ समय खेर फ्याल्नु पर्छ । कार्यालयमा घुस बिना कागज अगाडि बढ्दैन । त्यस्ता विषयमा खबरदारी गर्नु हाम्रो कर्तव्य हो, खबरमञ्चले कलम त्यतातिर चलाओस् । जो भुइँमान्छेदेखि भ्रष्टाचारीका विषयमा आफ्ना पृष्ठहरुमा खोजमुलक समाचार पहिलो प्राथमिकता दिँदै जाओस्, धेरै धेरै शुभकामना ।
सम्पादक : छड्के अनुसन्धान साप्ताहिक
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
