प्रअको धम्कीपूर्ण विज्ञप्तिको पत्रकार महासंघ तथा संगठनहरुले गरे आपत्ति
झापा । समाचारको विषयलाई लिएर विद्यालयका एक प्रधानाध्यापकले पत्रकारलाई स्पष्टीकरणका लागि हाजिर हुन भनी पत्र काटेको विषयप्रति पत्रकार महासंघ तथा संगठनहरुले आपत्ति जनाएका छन् ।
पत्रकार महासंघ झापा, प्रेस संगठन झापा र प्रेस चौतारी झापाले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर लक्ष्मी मावि कचनकवलका प्रधानाध्यापक राजु बुढाथोकीको कार्यशैलीको विरोध जनाएका हुन् ।
पत्रकार महासंघ झापा सचिव डिकेश लामा, प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मी र सचिव उद्धव पुरी तथा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको निन्दा र कडा भत्र्सना गरिएको छ ।

पत्रकार मण्डलले आफु कार्यरत सञ्चारमाध्यम थाहा खबरमा विद्यालयले दर्ता नै नभएको फर्मलाई सार्वजनिक खरिद ऐन विपरीत टेण्डर स्वीकृत गरेको बिषयमा शनिबार समाचार लेखेका थिए । विद्यालयले दर्ता नै नभएको फर्मलाई टेण्डर स्वीकृत गरेपछि अन्य बोलपत्र पेस गर्ने फर्मले त्यसको विरोध जनाएपछि पत्रकार मण्डलले सो सम्बन्धी समाचार लेखेका हुन् ।
उक्त समाचार सञ्चारमाध्यममा आएपछि प्रअ बुढाथोकीले विद्यालयको लेटरप्याडमा ‘विद्यालयमा आएर सम्पर्क गर्नुभन्दा भन्दै वास्तविक नबुझी समाचार प्रकाशन गरेकोमा सो सम्बन्धी लिखित स्पष्टीकरण पेश गर्र्नु हुन’ भन्दै पत्र काटेर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।

पत्रकार महासंघ तथा संगठनहरुले प्रअको यस्तो कार्य अहमताको पराकाष्ठा भएको र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठहर गरेका छन् । समाचारको विषयमा चित्त नबुझे पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित ठाउँमा उजुरी गरी कानुनी उपचार खोज्न समेत आग्रह गरिएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
