छोराको जन्मोत्सवमा बुवाले गरिदिए गरिबको स्वास्थ्य विमा
मेचीनगर । मेचीनगरका एक मेडिकल सञ्चालकले आफ्नो छोराको जन्मोत्सवको अवसरमा विपन्न १० घरपरिवारको स्वास्थ्य विमा गरिदिएका छन् ।
धुलाबारीको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले आइतबार आफ्ना छोरा सौजल १२ औंँ वसन्त पूरा गरेको खुशीयालीमा विमा गरिदिएका हुन् । ओझाले वडा नं। ८, ९ र १० का विपन्न परिवारको पहिचान गरी १० परिवारको वडामा रहेका बीमाकर्तामार्फत् रकम जम्मा गरेको बताए । एक वर्षे अवधि रहने उक्त स्वास्थ्य बीमावापत प्रतिघरपरिवार ३५ सयका दरले ३५ हजार रुपैयाँ हुन आउँछ ।
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाशील ओझाले निषेधाज्ञाको समयमा पनि विपन्न परिवारको निशुःल्क स्वास्थ्य जाँच, औषधि वितरण गर्दै खाद्यान्न सहयोग गरेका थिए । छोराको जन्मोत्सवलाई स्वास्थ्य सेवामा समर्पित गरेको उनले बताए ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
