लक्ष्मी राजवंशीको स्मृतिमा दीप प्रज्ज्वलन
मेचीनगर । जापानमा निधन भएकी भद्रपुर–७, अञ्जना मोडकी लक्ष्मी राजवंशीको स्मृतिमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।
राजवंशी समाज विकास समिति मेचीनगर–७ को आयोजनामा बिहीबार मेचीनगर–७ स्थित मधनबस्तीमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको हो। जापानमा रोजगारीका लागि गएको तीन वर्षपछि लक्ष्मी राजवंशीको भदौ २ गते निधन भएको थियो।
दिवंगत राजवंशीको स्मृतिमा आयोजित कार्यक्रममा राजवंशी समाज विकास समिति मेचीनगरका सल्लाहकार सदस्य हिरमोहन राजवंशीले उनको सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि राजवंशी समाज विकास समिति मेचीनगरका अध्यक्ष दिनेश राजवंशी रहेका थिए। उनले दिवंगत लक्ष्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता राजवंशी समाज विकास समिति मेचीनगर–७ का अध्यक्ष श्यामलाल राजवंशीले गरेका थिए। कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय अगुवा तथा राजवंशी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै दिवंगत लक्ष्मी राजवंशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

