मेचीनगरमा ३८ ज्यालादारी कर्मचारी निकालिए
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत कर्मचारीलाई निकालेको छ। नगर कार्यपालिकाको कार्यालयले बुधबार सूचना जारी गर्दै असार २६ गतेदेखि लागू हुने गरी उनीहरूलाई कामकाजमा नलगाइने जनाएको हो।
नगरपालिकाका अनुसार नेपाल सरकार अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र र नगर कार्यपालिकाको निर्णयका आधारमा उक्त निर्णय गरिएको हो। स्थायी पदपूर्तिको प्रक्रिया अघि बढ्दै गएकाले नियुक्ति मितिका आधारमा क्रमशः ज्यालादारी कर्मचारीलाई बिदाइ गर्ने निर्णयअनुसार पहिलो चरणमा ३८ जनाको सेवा समाप्त गरिएको जनाइएको छ।
नगरपालिकाले सम्बन्धित कर्मचारीहरूले हालसम्म पुर्याएको सेवाप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै सूचना जारी गरेको छ। सूचनाअनुसार सेवा समाप्त भएका कर्मचारीहरू असार २६ गतेदेखि नगरपालिकाको कामकाजमा संलग्न रहने छैनन्।



काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
