कानुन विपरीत शुल्क उठाएका छैनौं : निजी विद्यालय मेचीनगर
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन विपरीत कुनै पनि शुल्क नउठाएको स्पष्ट पारेका छन् । मेचीनगर–१०, धुलाबारीमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रम आयोजन गरी यो कुरा बताएका हुन् ।
पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निजी विद्यालयले अवैधानिक रूपमा शुल्क असुली गरेको भन्ने विषय सार्वजनिक भएपछि एनप्याब्सन र प्याब्सनका प्रतिनिधिहरूले संयुक्त रूपमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
पत्रकार भेटघाटमा एनप्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ, सचिव जीवन कट्टेल, प्याब्सन झापाका जिल्ला सदस्य भोजबहादुर कार्की तथा प्याब्सन मेचीनगरका नगर सल्लाहकार एवं पूर्व अध्यक्ष डम्बर रूचाललगायतले निजी विद्यालयहरूले शिक्षा सम्बन्धी प्रचलित कानुन, स्थानीय सरकारका निर्देशिका तथा सम्बन्धित निकायले तोकेको मापदण्डभित्र रही मात्रै भर्ना शुल्कसहित अन्य शुल्क निर्धारण तथा असुली गर्दै आएको बताएका छन्। कुनै पनि विद्यालयले कानुन विपरीत शुल्क उठाउने कार्य नगरेको उनीहरूको दाबी छ।
उनीहरूले स्थानीय सरकारबाट स्वीकृत मापदण्डअनुसार विद्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै निजी विद्यालयले कानुनविपरीत शुल्क असुली गरेको भन्ने प्रचारमा सत्यता नभएको बताए। शिक्षा क्षेत्रमा अनावश्यक भ्रम सिर्जना गर्ने गतिविधिले विद्यार्थी, अभिभावक र विद्यालय सबैलाई असर पुग्ने भएकाले तथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न उनीहरूले आग्रह गरे।
विद्यालयहरूले अभिभावक तथा सरोकारवालालाई अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गर्दै कुनै जिज्ञासा वा गुनासो भए सम्बन्धित विद्यालय वा सरोकारवाला निकायसँग प्रत्यक्ष सम्पर्क गरी यथार्थ जानकारी लिन अनुरोध गरेका छन्।
निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यालय सञ्चालनका लागि आवश्यक न्यूनतम खर्च, शिक्षक–कर्मचारीको सेवा–सुविधा तथा शैक्षिक पूर्वाधार व्यवस्थापनलाई ध्यानमा राखी कानुनी प्रक्रियाअनुसार शुल्क निर्धारण गरिएको जनाएका छन्।
साथै, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार, अभिभावक, विद्यालय तथा सम्बन्धित निकायबीच समन्वय, संवाद र सहकार्य आवश्यक रहेको उनीहरूको धारणा छ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
