विद्यालय बन्द गरेर कार्यक्रममा आउन मेचीनगरको उर्दी
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी हुन पत्राचार गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले असार २२ गते जारी गरेको पत्रमा असार २५ गते सोमबार बिहान १०:३० बजे वडा नम्बर ६ नजिक रहेको सामुदायिक भवनमा आयोजना हुने कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक/कर्मचारी तथा सम्मानित हुने विद्यार्थीको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

पत्रमा शैक्षिक वर्ष २०८१ मा नगर उत्कृष्ट भएका विद्यार्थी, सेवानीवृत्त स्थायी शिक्षक तथा कर्मचारीलाई सम्मान गरिने उल्लेख छ। नगरपालिकाले सम्बन्धित विद्यालयलाई सम्मानित हुने विद्यार्थी तथा सेवानीवृत्त शिक्षक/कर्मचारीलाई जानकारी गराई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित गराउन आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।
यस विषयमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारी ले नगरपालिकाको कार्यक्रम भएकाले असार २५ गते विद्यालयको नियमित पठनपाठन बन्द गरी कार्यक्रममा सहभागी हुनुपर्ने बताए। उनले विद्यालय प्रशासन, शिक्षक, कर्मचारी तथा सम्मानित विद्यार्थीको उपस्थितिलाई अनिवार्य बनाइएको जानकारी दिए।



नगरपालिकाको उक्त पत्रपछि विद्यालय सञ्चालनकै समयमा कार्यक्रम राखी विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई उपस्थित हुन निर्देशन दिइएको भन्दै शैक्षिक वृत्तमा चर्चा सुरु भएको छ। विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी कार्यक्रम आयोजना गरिएको विषयलाई लिएर अभिभावक तथा सरोकारवालामाझ समेत चासो बढेको छ।
नगरपालिकाले भने उत्कृष्ट विद्यार्थी, सेवानीवृत्त शिक्षक तथा कर्मचारीको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...