होलिबेल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु भएको पुष्टि
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न करिब ५ः२० बजे स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ निवासी २५ वर्षीय अजय राजवंशी र मोटरसाइकलको पछाडि सवार भारतको गलगलिया निवासी ३३ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
धुलाबारीस्थित होलिबेल अंग्रेजी माध्यमिक विद्यालयको स्कुल बससँग मोटरसाइकल ठोक्किँदा उनीहरू गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

