लागूऔषधको कुलतबाट रोक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक विद्यालयका २५ सय विद्यार्थीलाई लागूऔषधबाट टाडै रहन सचेतना दिएको छ ।
नगरपालिकाले स्थानीय सामाजिक संस्था सामुदायिक विकास मञ्चको सहकार्यमा सो विद्यालयका विद्यार्थीहरूलाई लागूऔषध रोकथामका लागि १८ दिने अभियान सञ्चालन गरेको थियो ।
मञ्चका अध्यक्ष सोमराज ढकाल, सहजकर्ताका रूपमा सामाजिक अभियन्ता गोविन्द न्यौपाने, दीपक ढकाल, रिचमण्ड फेलोसीप मोरंगका कर्मचारी रोशन दाहाल रहेका थिए ।
मंगलबार मेचीनगर-४ को पशुपति माविमा विद्यार्थी लक्षित विद्यालयमा लागूऔषध नियन्त्रण तथा प्रभाव सम्बन्धी अभिमुखिकरणको समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले खुल्ला बोर्डरका कारण मेचीनगरमा लागूऔषधको अवस्था जर्जर रहेको बताए ।
टिएनजका विद्यार्थी युवा(युवतीहरू साथि र अन्य व्यक्तिहरूको लहै(लहैमा लाग्ने र फस्ने भएकोले बेलैमा सचेत बन्न उनले अनुरोध गरेका थिए ।
वडा अध्यक्ष एवम् सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुनकुमार कार्कीले विगतमा यहाँकै बालबालिकाहरू कुलतमा फसेको उदाहरण दिएका थिए ।
उनकै अध्यक्षतामा समापन कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारी, पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधान लगायतले लागू पदार्थको बेलैमा रोकथाम गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।
समापन कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, विद्यालय व्यवस्थापन समितका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । मञ्चका अध्यक्ष ढकालले नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयका कक्षा(९ र १० का करिव २५ सय विद्यार्थीहरुलाई लागूऔषध रोकथाम र यसको प्रभाव सम्बन्धी अभिमुखिकरण दिएको जानकारी दिए ।
नगरपालिकाको सामाजिक विकास शाखा अन्तरगत आयोजना भएको सो अभियान गत वैशाख २२ गतेदेखि ईटाभट्टाको आदर्श माविबाट सुरू गरिएको थियो । अभियानले विद्यार्थीहरुलाई बातावरण मैत्री बनाउन इको क्लब समेत ति विद्यालयहरुमा गठन गरिएको छ ।
अभियान सञ्चालन गर्न स्थानीय प्रहरी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक लगायतको पनि सहयोग रहेको थियो ।
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...


