मेचीनगरमा पनि सार्वजनिक विदा अनिवार्य कार्यान्वयन
मेचीनगर । सरकारले भोलि जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै स्थानीय सरकार मेचीनगरले पनि उक्त विदालाई कडाइका साथ पालना गर्ने भएको छ ।
भोलि बकद इदको अवसरमा सार्वजनिक विदा दिइएको छ । मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले मेचीनगरका सबै शैक्षिक संस्थाहरुमा अनिवार्य विदा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
‘सरकारले दिएको सार्वजनिक विदामा कुनै पनि शैक्षिक संस्थाहरुमा पठनपाठन गर्न पाइने छैन,’ उनले हामीसँगको कुराकानी भने, ‘सरकारको निर्णयलाई उल्लंघन गर्ने छुट कसैलाई छैन ।’ भण्डारीले यद्यपि पठनपाठन बाहेकका अन्य गतिविधिहरु भने स्वेच्छिक रुपमा सञ्चालन गर्न पाउने बताएका छन् ।
मेचीनगरमा यसअघि पनि सार्वजनिक विदाका दिन केही निजी विद्यालयहरुले विद्यालय सञ्चालन गर्दै आएका थिए । तर, बालेन सरकार आएसँगै विदालाई विद्यालयहरुले कार्यान्वयन गर्दै आएका छन् ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

