‘शिक्षण सिकाइ नै झापा नेशनल स्कूलको सफलता’
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले यस वर्षको कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ । परीक्षामा सहभागी सबै ३५ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
उत्कृष्ट नतिजा पछि विद्यालयले आज पत्रकार सम्मेलन गरी उपलब्धिबारे जानकारी गराएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल कमल भेटवालले विद्यार्थी केन्द्रित सिकाइ पद्धतिका कारण यस्तो नतिजा सम्भव भएको बताए ।
उनका अनुसार घोकन्ते पढाइभन्दा व्यवहारिक र बुझाइमा आधारित शिक्षण विधिले विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याएको छ । ‘हामीले सिकाइलाई प्राथमिकता दिएका छौँ, जसले विद्यार्थीको क्षमतामा प्रत्यक्ष सुधार ल्याएको छ,’ उनले भने ।
विद्यालयले कक्षा ५ सम्म ‘बुकलेस’ प्रणाली लागू गरेको छ । यस प्रणाली अन्तर्गत विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक, सिर्जनात्मक र सहभागितामूलक तरिकाले सिकाइ गराइन्छ । प्रिन्सिपल भेटवालका अनुसार यसले विद्यार्थीमा आत्मविश्वास र समस्या समाधान गर्ने क्षमता विकास गर्न मद्दत पुर्याएको छ ।
नेपाल सरकारले हालै कक्षा ५ सम्म परीक्षा नलिने नीति ल्याएको सन्दर्भमा उनले सकारात्मक प्रतिक्रिया जनाए । विद्यालयले यसअघि नै बुकलेस प्रणाली अपनाइसकेको उल्लेख गर्दै उनले सरकारको निर्णय र आफ्नो अभ्यासबीच समानता देखिएको बताए । ‘यो नीति सिकाइ केन्द्रित शिक्षालाई प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम हो,’ उनले भने ।
विद्यालयले शान्त, अनुशासित वातावरण र प्रविधिमैत्री शिक्षणलाई आफ्नो पहिचान बनाएको छ । यही कारण अभिभावकहरुको पहिलो रोजाइ बन्न सफल भएको विद्यालय प्रशासनको दाबी छ । आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा जोड दिँदै अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य विद्यालयले राखेको छ ।
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

