मेचीनगरमा माघ ३ गतेदेखि ‘इन्टर स्कूल स्पोर्ट’
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न स्थापित स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा यही माघ ३ गतेदेखि ५ गते सम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ । आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभका संरक्षक एवम् प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष डम्बर रुचालले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न तथा खेल प्रति उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनका अनुसार स्पोर्ट कप अन्तर्गत फुटबल, म्याराथुन दौड र टेबल टेनिस प्रतियोगिता आयोजना हुने छ ।
मेचीनगर – ३ स्थित बडाखालको खेल मैदानमा माघ ३ गते सिनियर छात्र र सिनियर छात्राहरुको फुटबल प्रतियोगिता आयोजना हुने छ भने छात्रा तथा छात्रहरुको म्याराथुन दौड प्रतियोगिता समेत सोही दिन बिहान १० बजे उद्घाटन हुने छ । टेवलटेनिस प्रतियोगिता भने ४ गते मेचीनगर ९ स्थित ल्होत्से अंग्रेजी माविमा सञ्चालन हुने उनले जानकारी दिए ।
प्रत्येक खेलमा विद्यार्थीहरुको क्षमता पहिचान हुने र प्रोत्साहित गरिने उनले बताए । ‘यस प्रतियोगितामा विजेता र उपविजेता हुँदैन’, उनले भने, ‘सबै खेलाडीको प्रतिभा पहिचान हुने छ । प्रत्येक नकाउटमा विद्यार्थी पुरस्कृत हुने छन् ।’ ग्रोथ ट्याग मुल्याङकल विधिबाट प्रतिभा पहिचानका आधारमा विद्यार्थीहरुको मूल्याङकन हुने भएकोले धेरै भन्दा धेरै विद्यार्थी पुरस्कृत हुने उनले जानकारी दिए ।
म्याराथुन दौड प्रतियोगिता माघ ३ गते बिहान १० बजे इटाभट्टा चोकबाट सुरु हुने र सो प्रतियोगितामा छात्राहरुले ३ किलोमिटर को दुरी तय गर्नु पर्ने छ भने छात्रहरुले ४ किलोमिटरको दुरी तय गर्नु पर्ने छ ।
प्रतियोगितामा २ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय गरी १४ वटा विद्यालय सहभागि हुने उनले बताए । आयोजकले प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार खर्चहुने अनुमान गरेको छ ।
नयाँ मोडालिटी प्रयोग गरेर विद्यार्थीहरुको प्रतिभा पहिचान गरी उनीहरुलाई प्रोत्साहित गरिने भएकोले सिमित विद्यालय र विद्यार्थीहरुलाई सहभागि गराइने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभ सर्कलका कार्यक्रम संयोजक भोज बहादुर कार्कीले नयाँ नयाँ कार्यक्रम मार्फत विद्यार्थीहरुलाई प्रोत्साहित गर्न स्कूलस् ब्रेन वेभ सर्कल गठन गरिएको बताए । ब्रेन वेभ सर्कल प्याब्सनको बैकलिपक शंक्तिको रुपमा गठन गरिएको हो रु भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने,‘ प्याब्सन फुटेको छैन यो हाम्रो अभियानले प्याव्सनलाई थप जिम्मेवार र सशक्त बनाउँछ ।’ हामी सबै प्याब्सनकै सदस्य हौं ।’
पत्रकार सम्मेलनमा झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवाल, लेहोत्से अंग्रेजी माविका प्रिन्सिपल कमल नेपाल, ओसियनिक निर्माण इङ्लिस स्कूलका प्रिन्सिपल पदम रुचाल, शान्तिनारो गजमेर लगायतको आतिथ्यता रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
