पुस ३० देखि बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव–२०८२ आयोजना हुने भएको छ। आगामी पुस ३० देखि माघ २ गते (१४–१६ जनवरी) सम्म तरुल उत्सव आयोजना हुने भएको हो ।
तरुल उत्सव व्यवस्थापन समितिका संयोजक तथा मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार उत्सवले स्थानीय कृषि उत्पादनको पहिचान बढाउनुका साथै बहुनडाँगी क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।
उत्सवमा तरुलका विभिन्न जातको प्रदर्शनी, परिकार, प्रतियोगिता, सांस्कृतिक झाँकी, लोकनृत्य तथा संगीत प्रस्तुति, स्थानीय हस्तकला तथा कृषि उत्पादनको प्रदर्शनी रहनेछ। नेपाल–भारत र भुटानको संस्कृति र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्ने तयारी गरिएको आयोजक समितिले संयोजक कार्कीले बताए ।

अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

