नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ । उनकाे आज विहान ५:२५ मा निजी निवासमा मेचीनगर-७ स्थित ईटाभट्टामा निधन भएको हाे ।
बारूणयन्त्र इकाईका इन्चार्ज समेत रहेका ५९ वर्षीय गुरागाई गत एक वर्षदेखि पायल्स राेगबाट ग्रसीत रहेका थिए । पायल्स वीग्रीएर ठुलाे आन्द्राकाे दुई पटक शल्यक्रिया गरिएको थियाे । आन्द्रामा क्यान्सर भएपछि घरैमा थलिएका थिए ।
उनका एक जना श्रीमती र दुई छाेरामा कान्छा छाेरा नरेश गुरागाईकाे यसअघि नै निधन भएको थियाे । उनका श्रीमती तुलसा, जेठा छाेरा राजेश, वुहारी निर्मला र नाति निश्चल गुरागाई छन् ।
असई गुरागाई नगरपालिका स्थापना कालदेखिनै नगर प्रहरीमा कार्यरत थिए । एक कुशल, इमानदार र राष्ट्र सेवकप्रति वफादार रहेका गुरागाईकाे निधनले नगरपालिका परिवार र सिङ्गाे मेचीनगर स्तब्ध बनेकाे छ । गुरागाईकाे निधनमा नगरपालिकाले शाेक विदा दिएकाे छ ।

अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

