आदर्श स्कुल अफ म्यानेजमेन्ट : नवआगन्तुक विद्यार्थीलाई अभिमूखिकरण
बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमूखिकरण गराएको छ ।
एसईई पास भएर नयाँ भर्नामा आएका विद्यार्थीलाई लक्षित गरी तीन दिने अभिमूखिकरण कार्यक्रम गरिएको हो । पहिलो चरणमा ५० जनाभन्दा बढी विद्यार्थीलाई ओरियन्टेशनमा पहिलो दिन साथीसँग घुलमिल हुने, समुह कार्य, व्यक्तिगत सौर्न्दय हेरचाह तथा विद्यालयको बारेमा विभिन्न जानकारी गराइएको थियो ।
त्यस्तै उनीहरुलाई पहिलो दिन मनोरञ्जन, नाटक प्रदर्शन, दोस्रो दिन पाँच तारे होटल किङ्सबेरीका खाना तथा प्रशासनलगायत किचन, रेस्टुरेन्टको अनुगमन गराइएको थियो ।
त्यस्तै ओरियन्टेशनको तेस्रो दिन प्रकृति बारे बुझ्न इलामको स्वामी पार्क, गुगल पोइन्ट लगायतका पर्यटकीय तथा रमणीय स्थानको भम्रण गराइएको आदर्शले जनाएको छ ।
५०-५० जना गरि दुई पटकको अभिमुखिकरणमा आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख तथा विभिन्न तालिम सहजकर्ता दीपक दास, कलेजका विभिन्न विभाग प्रमुखहरु डेजिका कार्की, प्रवेश खनाल, अंकिता पराजुलीले नयाँ विद्यार्थीलाई अभिमुखिकरण गराएको कलेजका तालिम विभाग प्रमुख दासले जानकारी दिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
