इभी गाडी अब काँकरभिट्टा बसपार्कबाटै चल्ने
काँकरभिट्टा । काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी (विद्युतीय सवारी) गाडीहरू अबदेखि बसपार्कभित्रैबाट छुट्ने भएका छन्। आज एक विशेष समारोहबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटी ‘इभी स्टेन’ को औपचारिक उद्घाटन गरेका हुन् ।
इभी नेपाल यातायात प्रा.लि., पूर्व मेची बस व्यवसायी प्रा.लि., बसपार्क व्यवस्थापन समिति, बजार व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त पहलमा उक्त व्यवस्था मिलाइएको हो । इभी नेपाल यातायात प्रा।लि।का अध्यक्ष सन्तोष आचार्यका अनुसार अब इभी गाडीहरू बिना झन्झट काँकरभिट्टा बसपार्कबाटै सञ्चालनमा आउनेछन् । यसअघि यस्ता गाडीहरू हनुमान मन्दिर अगाडिबाट छुट्ने गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्यहरू ध्रुवकुमार राई, भविन्द्रराज सुब्बा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा, पूर्व मेची बस व्यवसायी प्रा.लि.का अध्यक्ष राजेन्द्र रिजाल, बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङ, पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, बसपार्क व्यवस्थापन समितिका सचिव माधव अर्याल, सञ्चारकर्मी र यातायात व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बसपार्क व्यवस्थापन समितिका सदस्य नेत्र कार्कीको सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य बसपार्क व्यवस्थापन समितिका सचिव माधव अर्यालले गरेका थिए । बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
