एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएको पारिजात स्कूलमा सम्मान
धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाएको पारिजातले यसपालि पनि राम्रो नतिजा ल्याउन सफल बनेको हो ।
सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच एसइईमा उत्तीर्ण भएका विद्यार्थीलाई बधाइ तथा शुभकामना व्यक्त गरिएको छ । पारिजात स्कूलबाट एसइईमा चार जीपिए ल्याउन सफल नुब्सा थलङसहित ४० जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
२०८१ सालको एसइई परीक्षामा पारिजातबाट सहभागी २२ जना विद्यार्थीले ३.६ देखि ४ जीपिए ल्याएर उतीर्ण भएका छन् । यस्तै, ३.२ देखि ३.६ जीपिए ल्याएर १५ जना विद्यार्थी पास भएका छन् भने २.८ देखि ३.२ जीपिए ल्याएर ३ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।
चार जीपिए ल्याएर विद्यालयको नाम उँचो बनाउन सफल भएकी नुब्साले आत्मबलका साथ पढाइमा ध्यान दिनसके नतिजा उत्कृष्ट ल्याउन सकिने प्रतिक्रिया दिइन् । उनी पारिजात स्कूलमा कक्षा नर्सरीबाट अध्ययन गरेकी विद्यार्थी हुन् ।
विद्यालयका प्रिन्सिपल बिनोद श्रेष्ठले एसइईको नतिजाले विद्यालय परिवार गौरवान्वित बनेको बताए । उनले विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता तथा अभिभावकको विश्वासका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रतिक्रिया दिए । एसइई नतिजा आएसँगै पारिजात स्कूलको शैक्षिक क्षेत्रमा सर्वत्र चर्चा समेत चुलिएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
