भव्य समारोहका बीच जन्मियो प्याब्सन झापा कलस्टर
झापा । निजी तथा आवसिय विद्यालय संगठन नेपाल (प्याब्सन) झापा शाखाको समानन्तर (कलस्टर)कमिटि गठन भएको छ । आज भद्रपुरमा आयोजित बृहत कार्यक्रमको आयोजना गरी समान्नतर कमिटि गठन गरिएको जानकारी गराइएको हो । समान्नतर कमिटि झापाको संयोजकमा प्याब्सन झापाका प्राक्षिक सल्लाहकार जर्नादन ढकाल रहेका छन् ।
ढकालको नेतृत्वमा आज बृहत कार्यक्रमको आयोजना गरिएको छ । उनको नेतृत्वमा टिर्चस मोटिभेसन तालिम सम्पन्न गरिएको हो । तालिममा झापा जिल्ला भरका आठ सय त्रिचालिस जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्याब्सन कलस्टरले आयोजना गरेको पहिलो कार्यक्रममा जिल्लाका एकानब्बे वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक अशोक कुमार दाहालले प्रशिक्षण दिएका थिए ।
प्याब्सन झापाको नयाँ नेतृत्व आएपनि असन्तुष्ट रहेका सदस्य विद्यालयहरुको नेतृत्वमा समान्नतर कमिटि बनाइएको हो । यो समान्नतर समूहको कार्यक्रममा प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, प्याब्सन कोशी प्रदेश सदस्य धुव्र गौतम, प्याब्सन झापा जिल्ला उपाध्यक्ष टिआर गौतम, प्याब्सन जिल्ला कार्य समितिका पदाधिकारी, झापा जिल्लाका १५ वटा पालिकाका सल्लाहकार एवम् पदाधिकारीको सहभागिता रहेको थियो । कर्यक्रमको संञ्चालन कलस्टरका सचिव राजेश कुमार आचार्यले गरेका थिए ।
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...


