गौरादह नगरपालिकामा सार्वजनिक सुनुवाइ
गौरादह । गौरादह नगरपालिकाको चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, रोजगार र सुशासनका विषयमा जिज्ञासा राखेका थिए ।
सारथि युवा क्लबका अध्यक्ष गोविन्द कडेलले बजेट निर्माण सहभागीता मुलक हुनुपर्ने र त्यसमा संघसंस्था समेत समेट्न माग गरेका थिए । व्यवसायी राजकुमार दाहालले कतिपय कानुनी अस्पष्टताका कारण व्यवसायी समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । यस्तै नगर अस्पतालको सेवा, डुबानका समस्या कार्यक्रममा राखेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले नगरपालिकाले अहिलेसम्म सम्पादन गरेका काम कारवाहीका बिषयमा प्रस्तुतिकरण गरेका थिए । गौरादह नगरपालिकाकम प्रवक्ता नगेन्द्र भण्डारीले नगरपालिकाले पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको दाबी गरेका थिए ।
यस्तै अर्का वडा अध्यक्ष गोपाल कोइरालाले नीतिगत अप्ठ्यारोका कारण नगर क्षेत्रका सार्वजनिक जग्गा नक्साङकन र सिमाङकन गर्न नसकिएको र अब प्राविधिक कर्मचारी पर्याप्त भएको कारणले तत्काल काम अघि बढाउने बताए । नगर उपप्रमुख जलवर्षा राजंबशीले बजेट नीति निर्माणमा सबै पक्षको सुझावलाई ध्यान दिइने उल्लेख गरिन् । नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका थिए ।
उनले गौरादह नगरपालिका भित्रका मुख्य सडक यसै वर्ष भित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका थिए । पुर्व न्युज मिडियाको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा र बस्ति स्तरबाट संकलन गरिएको नागरिक प्रतिवेदन पत्र र बहिगमित अभिमत प्रस्तुत गरिएको थियोे ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
