तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवदीको आग्रह
गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले स्थानीय तहले गरेका कामको संचार माध्यमले जनतासम्म पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले स्थानीय तहले स्थानीय संचार माध्यमको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, उपाध्यक्ष युवराज विवश, महासचिव बाबुराम भण्डारी ,केन्द्रीय सदस्य मिना विक, निवर्तमान अध्यक्ष एवम् जिल्ला इञ्चार्ज मनकुमार गदाल लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम स्थानीय विकास विज्ञ मोहन तिम्सिना र सप्तकोसी एफएमका समाचार प्रमुख लिलाराज भट्टराईले सहजीकरण गर्नुभएको थियोे ।
प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियोे भने स्वागत कोषाध्यक्ष सरोज भट्टराईले गर्नुभएको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
