आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौँ : मन्त्री दाहाल
मेचीनगर । संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् ।
विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् ।
विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् ।
झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै बनाउनु पर्ने रहेछ, त्यसलाई आगामी वर्षको बजेटबाट यो सडकलाई पूरा गरिने मन्त्री दाहालले बताए ।
मन्त्री दाहालले खारखोला र सुकेनिन्दाको पुलका विषयमा डिभिजन सडक कार्यालय दमकका डिई श्यामसुन्दर यादवलाई स्टेमेट बनाएर पेश गर्न निर्देशन दिएका छन् ।
मन्त्री दाहालले खारखोला र सुकेनिन्दाको पुलका विषयमा डिभिजन सडक कार्यालय दमकका डिई श्यामसुन्दर यादवलाई स्टेमेट बनाएर पेश गर्न निर्देशन दिएका छन् ।
उनका अनुसार विगतमा केहि कानूनी झनझट भएपनि यसपटक खरिद ऐनको रीत नियमावली १३ औँ संशोधन गरी १४ औँ संशोधनबाट म्यादथप गरेर काम अगाडि बढाउने बाटो खोलेको छ ।

‘यो सडक २०७० सालमा रातो कितावमा परेको थियो’, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भने–‘बीचमा रातो कितावबाट हरायो । २०७४ सालमा फेरि प्रक्रियामा समावेश गरियो । २०७५÷०७६ सालमा सर्वे भयो । १० किलोमिटर ठेक्का लाग्यो । जसमध्ये साढे ५ किलोमिटर सडक बनाउन बाँकी छ ।’
उनका अनुसार राधास्वामीदेखि भावना चोकसम्म ३ किलोमिटर र भावना चोकदेखि स्याङ्लेटारसम्म अढाई किलोमिटर सडक बनाउन बाँकी रहेको छ ।
उनले भने–‘बहुवर्षिय योजना अन्तरगत प्रदेश सरकारको रातो कितावमा छ । २०७३ सालमा सुकेनिन्दादेखि दुधे खोलासम्मको पुल बजेटमा पार्यो । दुधे खोला पुलका लागि पैसा छ, ठेकेदार छैन । ठेकेदारलाई काम लगाउन डिईलाई भनेका छौँ । ती योजनाहरुको अहिले अर्थ मन्त्रालयमा पनि फायल पुगेको छ ।’
मन्त्री दाहालको निरीक्षण टोलीमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व नगरप्रमुख विमल आचार्य, नेकपा एमालेका नेताहरु विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, राजु पोखरेल, रमा भण्डारी ढकाल, राजु कार्की, असारु राजबंशी, नेपाली कांग्रेसका नेता मणिकुमार उप्रेती, वडाध्यक्षहरुहर्कबहादुर वस्नेत, नारायण खनाल, डिभिजन सडक कार्यालयका प्रमुख डिई यादव लगायत रहेका थिए ।

सशस्त्र प्रहरीद्वारा काकडभिट्टासहित ६ नाकामा बीआईटी परिचालन
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेची क्राउन : क्षमादेवी बाहिरियो, सापकोटाको शेयर ५१ प्रतिशत
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
जमरकट्टेलको निधनमा प्याब्सन झापाद्वारा शोक विदा घोषणा
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
नगर शिक्षा प्रमुख भण्डारीले भने, ‘मलाई डुबाए’
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगरको सार्वजनिक सुनुवाईमा प्रश्नै प्रश्न प्रहार
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगरमा ३८ ज्यालादारी कर्मचारी निकालिए
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
कानुन विपरीत शुल्क उठाएका छैनौं : निजी विद्यालय मेचीनगर
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
