काँकरभिट्टा साकोसको स्वास्थ्य शिविरमा ३०३ जना लाभान्वित

मेचीनगर । काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३०३ जनाले उपचार सेवा लिएका छन् । आज सहकारीले आयोजना गरेको स्वास्थ्य शिविरमा २१४ जना महिला र ८९ जना पुरुष गरी ३०३ जनाले उपचार सेवा लिएका हुन् ।
बिर्तामोड स्थित मनमोहन मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजु कार्कीले बताए । स्वास्थ्य शिविरमा अस्पतालका डाक्टर विनय वस्तीको नेतृत्वमा ४ जना डाक्टर र ८ जना स्वास्थ्यकर्मीहरुको प्राविधिक टोलीले उपचार सेवा दिएको थियो ।
शिविरमा छाती तथा फोक्सो रोगका १३५ जना, स्त्री तथा प्रसुति रोगका ४३ जना, हाड जोर्नी, नशा तथा छाला रोगका १५१ जनाले जाँच गरेका थिए । ३०३ जनाले ती सबै उपचार सेवा लिएका थिए । उपचारमा आएका मधुमेहका ५० प्रतिशत विरामीलाई अस्पतालमा आएर थप उपचार गर्न आग्रह गरिएको थियो । शिविरमा अस्पताल र मेची युनिटको एमआर समूहले करिव ढेड लाख बराबरको औषधि पनि निःशुल्क वितरण गरेको थियो ।
स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अतिथि अस्पतालका संस्थापक उपाध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका पूर्व मेयर विमल आचार्य, अस्पतालका बजार प्रर्वद्धन उपसमितिका संयोजक निलमणि बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष राजु कार्कीले र सञ्चालन सदस्य हस्तबहादुर आङ्देम्वेले गरेका थिए ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...