एमिटीमा पुरस्कार वितरण सहित संस्कृतिक कार्यक्रम
झापा । मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमको उदघाटन प्रमुख अतिथि समेत रहेका द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए ।

कार्यक्रमका अवसरमा विद्यालयले विभिन्न विदामा उत्कृष्ट, शिक्षक, अभिभावक, तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा सृष्टि कार्की र सन्दिप गिरीलाई सम्मान गर्यो भने उत्कृष्ट अभिभावकका रुपमा रिता अधिकारी र हरिमाया कुँवर सम्मानीत भए । त्यसैगरी विद्यालयले शैक्षिक वर्ष २०८१ मा आयोजित खेलकुद सप्ताहमा उत्कृष्ट हुने एक सय ९० विद्यार्थीलाई पुरस्कार वितरण गर्यो ।

यसैगरी वार्षिक परीक्षामा कक्षा नर्शरीदेखि कक्षा ९ सम्म उत्कृष्ट तीनमा पर्न सफल ३७ विद्यार्थीलाई समेत सम्मान गरिएको छ । यस्तै सरसफाई तथा अनुशासित ६ जना विद्यार्थीलाई समेत सम्मान गरिएको विद्यँलयले जनाएको छ ।
यसैगरी विद्यालयले गत अप्रिल ४ मा नेपालका लागि बेलायतका राजदुतबाट आयोजित (द ड्युक अफ इडेन्वरा इन्टरनेश्नल अवार्ड) कार्यक्रममा भाग लिएको थियो । जसमा २७ जना विद्यार्थीले अवार्ड प्राप्त गरे ।

सो अवार्डसहित प्रमाण पत्र समेत विद्यार्थीलाई यहि कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ । कार्यक्रममलाई रोचक बनाउन विद्यार्थीले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । आफ्ना नानीहरुको प्रस्तुती देखेर अभिभावकहरु समेत दंग थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङसँगै राजकुमार दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका संस्थापक प्रिन्सिपल सुवर्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षिका सिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
