भानु साहित्यिक प्रतिष्ठानको अध्यक्षमा घिमिरे

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । यही चैत १५ गते सम्पन्न निर्वाचन कार्यक्रम तालिका अनुसार अध्यक्षका अर्का उम्मेदवार शुभद्रा भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति सदस्य लम्बोदर पौडेलले जानकारी दिए ।
घिमिरे यसअघि प्रतिष्ठानका कार्यवहाक अध्यक्ष थिए । अध्यक्ष कृष्णप्रसाद उप्रेती लामो समय विदा लिएर विदेश गएपछि उपाध्यक्ष घिमिरलाई कार्यवहाक दिएका थिए । समितिको उपाध्यक्षमा पनि यसअघिका उपाध्यक्ष मेदनीप्रसाद खरेलले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यषमा शुशलि आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि महासचिव थिए । यस्तै महासचिवमा लक्ष्मीप्रसाद उप्रेती, सचिवमा कृष्णकान्त खनियाँ र कोषाध्यक्षमा कृष्णप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा चन्द्रप्रसाद प्रसाई, दिलिपजंग सुब्बा, मणिकुमार लिम्बु, जमुना ढुंगाना, रुपनारायण भट्टराई र जयप्रसाद आचार्य रहेको निर्वाचन समिति सदस्य पौडेलले बताए । भोलि प्रतिष्ठानका सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...