पत्रकार हत्याको विरोधमा झापाली पत्रकारहरु आन्दोलित
बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको थियो । उनलाई राजावादीहरुले आगजनी गरेको घरभित्र थुनेर हत्या गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज दिउँसो बिर्तामोडमा विरोध र्यालीसहित प्रदर्शन गरिएको छ ।
शुक्रबार अन्तिम राजाका समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।
बिर्तामोड परिक्रमा गरेको विरोध र्यालीपछि मुक्तिचोकमा कोणसभा गरिएको छ । कोणसभामा पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु कृष्ण हुमागाई, गणेश पोखरेल, मोहन काजी, झापा बारको तर्फबाट पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष समेत रहेका तारामणि सापकोटा, मानवअधिकारकर्मी डा।रुपक खनालले कोण सभामा सम्बोधन गरेका थिए । उनीहरुले पत्रकार सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । पत्रकार हत्याका विरुद्ध सशक्त आन्दोलन जारी राख्नुपर्ने बताउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले विरोध र्यालीमा ऐक्यवद्धता जनाउने पत्रकारजन्य संघ संगठनहरु प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, फोनिज, नारी सञ्चार गृह, सञ्चारिका समूह, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला , बिर्तामोड उद्योग वाणिज्य संघ, सबैलाई धन्यवाद व्यक्त गरे ।
महासंघ झापाका सचिव प्रदीप परियारले चैत १७ गते कालोपट्टी बाँधेर काम गर्ने र १८ गते सदरमुकाममा र्यालीसहित ज्ञापनपत्र बुझाउने जानकारी दिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
