चन्द्रगढी विमानस्थलमा विमान अवतरण गर्न नसक्दा यात्रुहरुमा रुवाबासी
झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरण गर्न नसकेपछि यात्रुहरुमा रुवाबासी चलेको छ ।
काठमाण्डौबाट दिउँसो २ बजेको समय तालिका रहेको यति एयरलाइन्सको एटीआर विमान ढिलोगरी उडान भर्दै दिउँसो ४स्२० बजेतिर चन्द्रगढी विमानस्थलमा आइपुगेको थियो ।
चर्को हावाहुण्डरीका कारण पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि सो विमानले करिव १० मिनेटसम्म आकाशमै होल्ड गरेको थियो । त्यसपछि दोस्रो प्रयासमा मात्र विमानले सकुशल अवतरण गर्न सकेको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए ।
हावाहुरीले हल्लाएर विमानले विमानस्थलमा अवतरण गर्न नसकेर आकाशमै फन्को मारिरहँदा यात्रुहरु त्रसित भएका थिए ।
दोस्रो प्रयासमा बल्ल विमानले अवतरण गर्न सकेपछि यात्रुहरु रुँदै विमानबाट बाहिर निस्केको विमानस्थलका एक कर्मचारीले बताए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

