पर्यटन पत्रकार मञ्च झापा : अध्यक्षमा विनोद पण्डे
बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारमा सघाउ पुर्याउने उद्देश्यले पर्यटन पत्रकार मञ्च झापा गठन भएको छ । बिर्तामोडको विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा आज भएको एक कार्यक्रमका बीच पत्रकार विनोद पण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा पुष्प बराल, सचिव हिमाल खरेल, कोषाध्यक्ष प्रकाश बानियाँ र सहसचिवमा नारायण अर्याल रहेका छन् । त्यस्तै, सदस्यहरुका इन्द्रजीत मुखिया, प्रेम आचार्य, विष्णु श्रेष्ठ र धर्मराज प्रसाईं रहेका छन् ।
समिति गठनसँगै झापामा पर्यटन प्रवर्धनको समस्या र समाधान विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । कोशी प्रदेश सरकारले मनाउन लागेको भ्रमण वर्ष २०८२ लाई लक्षित गरी छलफल चलाइएको हो ।
छलफलमा पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडा, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईं लगायतले आआफ्नो धारणा राखेका थिए ।
वक्ताहरुले स्थानीय पर्यटकीयस्थललाई डिजिटलमा लैजानुपर्ने, होटलमा स्थानीय पर्यटकीयस्थलको तस्बिर र जानकारीमुलक सूचना राख्नुपर्ने, ग्रामीण पर्यटन प्रवर्धनमा केन्द्रित रहनुपर्नेमा जोड दिएका थिए ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


