इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :दमकलाई हराउँदै थण्डर विजयी
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियोे । पानीका कारण १६ ओभरको म्याच खेलाइएको थियोे । थण्डरका लागि किरात डाँगीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै विदान दुलालले १८ रन, शिव राजवंशीले १६ रन तथा नित्य खडरियाले १५ रन बनाएका थिए।
बलिङतर्फ दमकका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए। त्यस्तै रवित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुश न्यौपानेले १ विकेट लिए।
११५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दमकले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै मात्रै ९३ रन बनाउन सक्यो । दमकका लागि सुरज न्यौपानेले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३४ रन बनाए। उनले १६ बल खेल्दै ३४ रन बनाएका हुन्। त्यस्तै विजय तामाङले ३२तथा नुर अन्जानले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा दमकले हार बेहोर्न पुग्यो ।
यता बलिङतर्फ थण्डरका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए भने रोहित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुस न्यौपानेले १ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच थण्डरका आनन्द शर्मा घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले बलिङतर्फ ३ विकेट लिएका थिए भने ब्याटिङतर्फ ३ रन प्रहार गरेका थिए।
फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


