खेलकुद महासंघको मेचीनगर अध्यक्षमा मदन भण्डारी
मेचीनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको मेचीनगर कमिटीको अध्यक्षमा मदन भण्डारी सर्वसम्मत चयन भएका छन् ।
नेपाल खेलकुल महासंघका स्थायी कमिटी सदस्य चन्द्र प्रसाईको प्रमुख आथित्यतामा एमाले केन्द्रिय कमिटी सदस्य रविन कोईराला एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न द्रोस्रो नगर अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल खेलकुद महासंघको उपाध्यक्षमा ईन्द्र खड्का, महिला उपाध्यक्ष तुलसा दाहाल, सचिव अमर मेचे, सह–सचिवमा रबिन प्रधान, नमर्ता न्यौपाने, कोषाध्यक्ष रामकुमार लिम्बु चयन भएका छन् । नेपाल खेलकुल महासंघ झापाका उप–सचिव तथा आयोजक कमिटि संयोजक गणेश कार्कीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
पार्टीको राष्ट्रिय तीन महिने ‘जरा अभियान’ अन्तर्गत मेचीनगरमा एमालेले जनता लक्षित विभिन्न कार्यक्रम गर्नुका साथै भातृ संगठनहरू चलायमान बनाउँदै धमाधम अधिवेशन सम्पन्न गरिरहेको एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनले अब एमाले वडातहमा नै पुगेर जनताको समस्या समाधानका लागि अगाडि बढ्ने बताए ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
