टीम प्रेस क्लबलाई मेचीनगर गोल्डकपको सम्मान
मेचीनगर । मेचीनगर गोल्डकप पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता मुल आयोजक समितिद्वारा भर्खरै निर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर गोल्डकपको सचिवालय काँकरभिट्टामा प्रेस क्लब मेचीनगरको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको हो ।
प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । समितिको उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा तथा सदस्यहरुमा पुष्कर गुरागाईं, सुजन प्रधान, भोला तिम्सिना र सेवन्ता घिमिरे सर्वसम्मत चयन भएका थिए ।

आज उनीहरुलाई गोल्डकप मुल आयोजक समितिका संयोजक पुर्व कोशी प्रदेश सांसद समेत रहेका श्रीप्रसाद मैनाली, सहसंयोजक मेचीनगरका पुर्व मेयर विमल आचार्य, सचिव एमाले मेचीनगर अध्यक्ष समेत रहेका राजु कार्की, सामाजिक अगुवा गंगालाल गुरुङ्ग, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका अध्यक्ष नवराज ओलीलगायतले बधाई दिएका थिए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

