हिमालयन इङ्लिसको नाम अब ल्होत्से
मेचीनगर । मेचीनगर–९ धुलावारी खुट्टेडाँगीमा रहेको हिमालयन इङ्लिस हाई स्कुलको नाम परिवर्तन गरिएको छ । २०४९ सालमा स्थापित यस स्कुलको नाम परिवर्तन गरी ल्होत्से इङ्लिस स्कुल राखिएको हो । यसै शैक्षिक सत्र देखि स्कुलको नाम परिवर्तन गरी ल्होत्से राखिएको प्रध्यानाध्यापक कमल नेपालले बताए ।
विद्यालयका प्रधानाध्यापक कमल नेपालले संसारको चौथो अग्लो हिमाल तथा नेपालको तेस्रो अग्लो हिमाल कम चर्चामा रहेको ल्होत्से हिमालको बारेमा व्यापक जानकारी होस भन्ने अभिप्रायले यस स्कुलको नाम ल्होत्से राखिएको बताए । विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासका लागि शैक्षिक क्रियाकलापका साथै विविद्य अतिरिक्त क्रियाकलापमा नानीहरुलाई सहभागी गराउदै आएको छ ।

गायन, नृत्य, संगीत, वाद्यवादन, चित्रकला तथा खेलकुदका विशेष कक्षाहरु संचालन रहेको यस विद्यालयमा हाल वार्षिक खेलकुद सप्ताह कार्यक्रम २०८१ जारी रहेको छ । अन्तर सदनात्मक भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस तथा एथ्लेटिक्सका खेलहरु संचालन मा रहेको तथा फाइनल खेल तथा समापन समारोह फाल्गुण ३ गते रहेको विद्यालयका निर्देशक धनराज थापाले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
