नेपाल तामाङ संघ झापा अध्यक्षमा जगत
झापा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघ झापाको प्रथम अधिवेशनबाट जगत बहादुर तामाङ अध्यक्षमा चयन भएका छन् । धुलाबारीमा सम्पन्न प्रथम अधिवेशनबाट १५ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।
मेचीनगर निवासी तामाङ सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील छन् । लोकप्रिय छवि बनाएका उनलाई कांग्रेसले भातृ संगठनको जिम्मेवारी प्रदान गरेको हो । अध्यक्षमा चयन भएका तामाङले सबै जातजातिको हकहितका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल तामाङ संघ झापाको सचिवमा रुपनारायण तामाङ चयन भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद एवं नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ, नेपाल तामाङ संघ केन्द्रीय अध्यक्ष रामकृष्ण ब्लोन, मेचीनगरका पूर्व नगरप्रमुख बिमल आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुभाष तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
