नेपाल क्लाइम्बिङ स्पोर्टस् बागमती र काठमाडौं उपत्यका कमिटी
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ। दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन चयन भएकी छन् भने उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन्। सचिवमा नवीना गुरुङ र कोषाध्यक्षमा डोमा तामाङ चयन भएका छन्। सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।

काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी चयन भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, जित बुधवार र गंगा थापा मगर निर्वाचित भएका छन्।
शनिबार आयोजित कार्यक्रममा निर्वाचित कमिटीले सपथग्रहण गरेको छ। ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा तामाङ, नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनका अध्यक्ष रमेश पौडेल लगायत अन्य खेलकुद संघका पदाधिकारीहरुको उपस्थिति थियो।
मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार...
मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी...
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
