नेपाल क्लाइम्बिङ स्पोर्टस् बागमती र काठमाडौं उपत्यका कमिटी

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ। दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन चयन भएकी छन् भने उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन्। सचिवमा नवीना गुरुङ र कोषाध्यक्षमा डोमा तामाङ चयन भएका छन्। सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।
काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी चयन भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, जित बुधवार र गंगा थापा मगर निर्वाचित भएका छन्।
शनिबार आयोजित कार्यक्रममा निर्वाचित कमिटीले सपथग्रहण गरेको छ। ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा तामाङ, नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनका अध्यक्ष रमेश पौडेल लगायत अन्य खेलकुद संघका पदाधिकारीहरुको उपस्थिति थियो।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...