साँस्कृतिक डान्समा झापा नेशनल स्कुल प्रथम
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको छ । मेचीनगर–१० धुलावारीमा आयोजित नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले साँस्कृतिक डान्समा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
मंगलवार प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष भएको कार्यक्रममा समेत झापा नेशनल स्कूल साँस्कृतिक नृत्यमा मेचीनगर तथा जिल्ला स्तरीय कार्यक्रममा समेत प्रथम स्थान हासिल गर्न सफल भएको झापा नेशनल स्कुलका सस्थापक कमल भेटवालले बताए ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
मेचीनगरमा प्रथम स्थान हासिल गरेसँगै झापा नेशनल स्कुल जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने स्कुलका सञ्चालक भेटवालले जानकारी दिए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

