धुलाबारी बजारमा चल्यो मेचीनगरको डोजर
धुलाबारी । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ ।
आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । मेचीनगर वडा नं. ९ र १० का वडाध्यक्षहरु कञ्चन तामाङ र नारायण खनाल संरचना हटाउने कार्यस्थलमा उपस्थित थिए ।

विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको हुँदा अतिक्रमित संरचनाहरु हटाएर सडकको क्षेत्र क्लियर गर्नु परेको वडाध्यक्षहरुले स्थानीयलाई सम्झाएका थिए ।
धुलाबारी मोडदेखि उत्तर लगभग एक सय मिटरको दूरीमा पश्चिम किनारका विभिन्न संरचनाहरु भत्काइएका छन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
