मेची कृषक सहकारी : क्षेत्रगत साधारण सभा सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारणसभा मंगलबार सम्पन्न भएको छ । आइतबारबाट क्षेत्रगत रुपमा सुरु भएको २५ औं वार्षिक साधारण आज सम्पन्न भएको हो । मंगलबार क्षेत्र नम्बर ३, ४ र ५ को संयुक्त साधारण सभा मेचीनगर – ७ स्थित विष्णुलक्ष्मी मन्दिरको सभाहलमा सम्पन्न भयो । सभामा मेचीनगर वडा नम्बर ६ र ७ र १५ तथा निन्दा पश्चिमका सबै वडाबाट सदस्यहरुले सहभागिता जनाएका थिए ।
सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व तथा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख ओलीले सहकारीका सिद्यान्त मूल्य र मान्यतामा विश्वास गरेर चलेका सहकारीमा कुनै किसिमको समस्या नआउने बताए । उनले पश्चिम क्षेत्रमा केही सहकारीमा आर्थिक अनियमिता तथा अपचलन देखिएकोले देशभर त्यसको नकारात्मक प्रभाव देखापर्न थालेको बताउँदै उनले भने, पश्चिम क्षेत्रमा केही सहकारीका सञ्चालकहरुको बदनियत र सदस्यहरुले लगेको ऋण समयमा नतिर्दा सहकारी डुवेका छन् । तर झापामा त्यस्तो समस्या छैन । यहाँ हरेक सदस्य तथा सञ्चालन सचेत र इमान्दार भएकै कारण सहकारीले सदस्यहरुको जीवनस्तर उकास्नेगरी काम गरिरहेको दावी गरे ।
सहकारीबाट लिएको ऋण नतिर्न केही उश्रृङ्खल तत्वहरु लागिपरेको प्रसंग कोट्याउँदै उनले भने, ‘सहकारीबाट लिएको ऋण छुट हुन्छ भनेर भ्रममा नपर्नुहोस् । सहकारीबाट लगेको ऋण छुट हुँदैन । बरु त्यस्तो भ्रम छर्नेलाई लखेट्नुहोस । सहकारी तपाई हाम्रो घर हो, हामी संगठित भए सहकारी बलियो हुन्छ । अनि हामी समृद्ध बन्छौं ।’
कार्यक्रमका प्रमुख अतिथि ओलीले अब सहकारीले आँफू मोटाउने नभई सदस्यको जीवन स्तर समृद्ध बनाउँने कार्यक्रम सञ्चालन गर्ने पर्ने बताए । उनले मेची कृषक बहुमुखी सहकारी संस्थाले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढेको भन्दै सञ्चालन समितिलाई धन्यवाद समेत दिए ।
सो अवसरमा सहकारी संस्थाका अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।२०५६ सालमा ७८ जना सेयर सदस्यहरुको ३९ हजार सेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ९ हजार ८३ जना शेयर सदस्य तथा सेयर पूँजी १२ लाख ६५ हजार ५७१ पुगेको तथा बचत रकम ३८ करोड ४२ लाख ६४ हजार ५४२ बाह्य ऋण समेत घटाउँदै लगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले हाल भृकुटी, काँकरभिट्टा र धुलाबारीमा आफ्नो सेवाकेन्द्र सञ्चालन गरिरहेको छ ।
सो अवसरमा लेखा प्रतिवेदन लेखा संयोजक कमल बाँस्तोलाले प्रस्तुत गरेका थिए । उनले सहकारीलाई अझ सशक्त बनाउन केही महत्वपूर्ण सल्लाह र सुझाव समेत दिएका थिए ।
कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले मेची कृषक बहुमुखी सहकारीले नाम अनुसार कामलाई समेत तीब्रता दिएको बताए । उनले सदस्य लक्षित कार्यक्रमलाई सहकारीले आफ्नो मुल मन्त्र ठानेर अघि बढेको दावी गरे । हामी सहकारीको मुल्य र मान्यता अनुसार अघि बढेका छौं, उपाध्यक्ष सापकोटाले भने, ‘तपाईहरु ढुक्क हुनुहोस् मेची कृषक कहिल्यै समस्यामा आउने छैन । हामी तपाईहरुको विश्वास र भरोसालाई उचाइमा पुर्र्याउने छौं ।’ सहकारी संस्थाले कृषि उपजका बिभिन्न कार्यक्रम सञ्चालन गर्दै अइरहेको छ । गुणस्तरीय बिउविजन उत्पादन, तोरी खेती, राजमा खेती, सामुदायिक पोष्ट हार्भेष्ट मार्फत धान खरिद, चामल उत्पादन लगायतको कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले बताए ।
क्षेत्रनम्बर ३ का संयोजक देवी बहादुर खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका ब्यवस्थापक दीपक काफ्लेले गरेका थिए । सहकारीले आइतबार मेचीनगर –२ स्थित भृकुटीमा सोमबार मेचीनगर –५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधरण सभा आयोजना गरेको थियो ।
मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को...
बिर्तामोड । लिङ्कन मन्टेश्वरी स्कुलले शुभ(दीपावलीको अवसरमा शुभकामना...
काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले...
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत...
काठमाण्डौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू...
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २५...