कला र संस्कृतिको संरक्षण गर्न बाहुनडाँगीमा संगीत पाठशाला
बाहुनडाँगी । कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेचीनगर –४ मा श्री गणेश मौलिक संगीत पाठशाला सञ्चालनमा ल्याइएको छ । मेचीनगर-४ वडा कार्यालय, उज्यालो नेपाल र इसिमोडको प्राविधिक र आर्थिक सहयोगमा सञ्चालित संगीत पाठशालाको उद्घाटन मेचीनगर नगरपालिकाकी उप्रप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले मानव संसाधनको विकासको लागि वडानम्बर – ४ निक्कै अगाडि रहेको बताइन् । ‘भौतिक पूर्वाधारको विकासले मात्र समाज सम्मुनत हुँदैन रहेछ,’ उनले भनिन्, मानव संसाधनको विकास महत्वपूर्ण रहेछ । उनले मानव संसाधनमा शिक्षा, स्वास्थ्य, संस्कार, शारिरीक र मानसिक विकास, पर्यटन र पर्यावरण लगायत थुप्रै कुराहरु पर्ने बताइन् ।
ब्यानर पढेर कार्यक्रम उद्घाटन गरेकी प्रमुख अतिथि उप्रेतीले नाम अनसुार को काम हुन सकोस भनि शुभकामना समेत दिइन् । ४ नम्बर वडाको कार्यक्रम भने पछि केही फरक र नौलो हुन्छ । उनले भनिन् हिन्दु धर्ममा महिलालाई देवीको रुपमा हेरिएको छ । आज महिलाले नौमति बाजा बजाएर मौलिक परम्परा संस्कार, संस्कृतिको संरक्षणमा ठूलो भूमिका निर्वाह गरिरहेको बताइन् ।
नौमती बाजा, बाँसुरी बजाउँदा आय आर्जनको पाटो त हुन्छ नै, उनले भनिन्, “यो बाजा बजाउँदा हाम्रो आयु बुद्धि हुन्छ, हाम्रो मुटु र फोक्सो बलियो हुन्छ ।”
“नेपाल मात्र होइन् भारतका बिभिन्न ठाउँमा समेत नौमती बाजाको माग बढ्दो छ,” उनले भनिन्, “यो आम्दानीको भरपर्दो माध्यम पनि हो ।”
वडाध्यक्ष अर्जुन कुमार कार्कीको सभापतित्व रहेको कार्यक्रममा वडाध्यक्ष कार्कीले स्वागत गर्दै कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । उनले पछिल्लो समय नेपालको मौलिक संस्कार र संस्कृति लोप हुँदै गएकोले नेपालको मौलिक परम्परा र संस्कार र संस्कृतिको संरक्षण अभियान थालिएको बताए । आधुनिकताको नाममा समाजमा बेथिति मौलाएको छ । हाम्रा परम्परा कलार संस्कृति हराउँदै गएका छन् हामी त्यसलाई पुन स्थापित गर्ने छौं । उनले भने । बाहुन डाँगी फरक पहिचानका साथ स्थिापित हुन्छ ।
वडाकार्यलय र इसिमोडको प्राविधिक र आर्थिक सहयोगमा बाहुनडाँगीमा समाज रुपान्तरणका धेरै कामहरु भइरहेको उनको भनाई थियो । उनले नौमती बाजा लगायत बिभिन्न बाध्यसामाग्री १ लाख १० हजारमा आइतबार खरिद गरेर ल्याएको बताए । सो अवसरमा हार्मोनियम र बाँसुरी बजाएर स्वागत गीत र राष्ट्रि गीत प्रस्तुत गरिएको थियो । संगीत पाठशालामा इन्द्र प्रधान लगायतका संगीतकारहरु प्रशिक्षण दिने छन् ।
कार्यक्रमको सञ्चालन वडाकार्यालयका सचिव ले गरेका थिए ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

